पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१९ भदौ, पाँचथर । मोरङको सुन्दरहरैचा नपा ११ सलकपुरका २६ वर्षीय मोटरसाईकल चालक उद्वव ढकालको हिलिहाङ गाउँपालिका १ हाङदे स्थित काबेली ए जलबिद्युतत आयोजनको निरिक्षण गर्न जाने क्रममा माथिवाट झरेको ढुंगाले लागेर मंगलबार मृत्यू भएको छ ।

टाउकोमा चोट लागेका घाइते चालकलाई इलाका प्रहरी कार्यालय अमरपुरले उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराएका थिए । थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएका ढकाललाई सो अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए । मृत ढकाल सो विद्युत आयोजनाको निर्माण गरिरहेको जमला कन्ट्रक्सनकाे श्रमिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रुपेश तामाङले बताए ।

सोही मोटरसाईकलमा सवार काठमाडौको कागेश्वरी मनोहरा नपा ९ का ५७ वर्षीय तुलसीबहादुर खड्काको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । दुवै जना कच्ची सडक हुँदै विद्युत आयोजना निरिक्षण गर्न जाँदै गरेको अवस्थामा घटना भएको प्रहरी निरिक्षक तामाङले जानकारी दिए ।

लासलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ६ : १९ बजे