पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

७ भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा सगरमाथा स्पोटिङ क्बल मोरङ फाईनल प्रवेश गरेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु जन माविको खेलमैदानमा शुक्रबार भएको पहिलो फाईनलमा संघर्ष स्पोटिङ क्बल ताप्लेजुङलाई २–१ गोलले पराजित गर्दै मोरङ फाईनल प्रवेश गरेको हो ।

मोरङलाई उपाधी नजिक पुर्याउन मिलन राईले दुई गोल गरे । पहिलो हाफको नवौं मिनेटमा गोल गर्दै राईले आफ्नो टिमलाई १–० को अग्रता दिलाए । दायाँवाट विजय भुजेलले गोलपोष्ट नजिकै उपलब्ध गराएको पासलाई राईले वान टच प्रहार गर्दै जाली चुमाएका थिए । पहिलो हाफको बाँकी समयमा दुवै गोल नभएपछि मोरङको अग्रता सँगै पहिलो हाफ सकिएको थियो ।

दोस्रो हाफमा आक्रमक फुटबल पस्कदै मैदान उत्रिएको ताप्लेजुङले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । ताप्लेजुङका कप्तान अनुप सेन्दाङले सुन्दर गोल गर्दै खेल १–१ को बराबरीमा फर्र्काए । मोरङका कप्तान अशोक खवासले राम्ररी क्लियर गर्न नसकेको बललाई सेन्दानङले डिबक्स बाहिरवाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । त्यस पछिको निर्धारित समयमा दुवै टिमवाट गोल नभएपछि खेल अतिरिक्त समयतिर धकेलिएको थियो ।

निर्धारित समय बराबरीमा टुंगिएपछि १५ मिनेटको समय थप गरिएको थियो । अतिरिक्त समयको ९७ औं मिनेटमा मोरङका मिलन राईले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै घरेलु टिम र समर्थकलाई स्तब्ध पारे । बाँया भागवाट मनोज राईले उपलब्ध गराएको क्रसमा डिबक्सभित्र अनमार्क रहेका मिलनले गोल रक्षकलाई कुनै अवसर नदिईकन वान टचमै आकर्षक गोल गरे ।

खेलको म्याद अफ दि म्याच मोरङका मिलन राइ घोषित भए । उनले नगद रु ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र अन्य सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्र्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष गुरुङले बताए । प्रतियोगिता आयोजना गर्न कुल ५७ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

शनिबार हुने दोस्रो सेमिफाईनल
सलहेश युथ क्बल सिराहा विरुद्ध विर्तामोड युनाईटेड फुटबल क्बल झापा

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ९ : २५ बजे