पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

३० बैशाख, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा आइतबार बाल क्लव तथा जुनियर रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी आयुस दुलालको अध्यक्षतामा गठित बालक्लवको उपाध्यक्षमा दिपशिखा नेम्वाङ,सचिवमा निर्मल दुलाल,सहसचिवमा समिक्षा सञ्जेल र कोषाध्यक्षमा गोमादेवी चापागाईं चयन भएका छन् । समितिका अन्य सदस्यहरुमा रेखादेवी चापागाईँ, रोजिना लुइँटेल, तारादेवी आङ्देम्बे, तिबिन्द्र चापागाईँ, जीवन दर्जी, सिर्जना दुलाल, साइमन तामाङ र सुस्मिता दुलालसहित १३ सदस्यिय समिति रहेको छ ।

बालक्लवको संरक्षक शिक्षकमा अम्बिका प्रसाद दुलाल र प्रधान संरक्षक विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद दुलाल रहनुभएको विद्यालयले जनाएको छ ।

यसैगरी निश्चल दुलालको अध्यक्षतामा १३ सदस्यीय जुनियर रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ । जुरेसको उपाध्यक्षमा माधव दुलाल, सचिवमा सौजल दुलाल, सहसचिव सांयोग नेम्वाङ र कोषाध्यक्षमा ममता चापागाईँ सर्वसहमत चयन भएका छन् ।
जुरेसका अन्य सदस्यहरु बुनु घिमिरे, गोमा श्रेष्ठ, रितिका दुलाल, प्रविन नेम्वाङ, कुशल बाँस्कोटा, सम्भु दुलाल, संगिता आङ्देम्बे र जोशिला नेम्बाङ चयन भएका छन् ।

जुरेसको शिक्षक नायक राजकुमार आङ्देम्बे तथा सहनायकमा सितादेवी घिमिरे रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ८ : ५३ बजे