पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

युधिष्ठिरराज आमगाई

फिदिम । नेकपा (एमाले) पाँचथरको नवौँ जिल्ला अधिवशेनमा उपाध्यक्ष, उप-सचिव (खुला र महिला) र खुल्ला सदस्य पदमा सोमबार साँझ मतदान सम्पन्न भएको छ ।
उपाध्यक्षका प्रतिस्पर्धि विरबहादुर कुरुम्बाङ र नरबहादुर गुरुङमा कुरुम्बाङ विजयी भएका छन । उनी २ सय ३६ मत सहित निर्वाचित भए भने प्रतिस्पर्धी गुरुङले १ सय १३ मत प्राप्त गरे । गुरुङ एमाले पाँचथरका निवर्तमान उपसिचव हुन भने कुरुम्बाङ सचिवालय सदस्य हुन ।
उपसचिव खुला तर्फ १ सय ७९ मतका साथ तुलसी थापा विजयी भएका छन । उनका प्रतिस्पर्धी जयप्रकाश केरूङले १ सय ५४ मत प्राप्त गरेका छन । थापा सचिवालय सदस्य एव कार्यालय सचिव हुन भने केरूङ फालेलुङ गाँउपालिका ईन्चार्ज हुन। उनि अधिवक्ता समेत हुन ।
उपसचिव महिला तर्फ कौशिला आङ्देम्बे २ सय ४७ मत सहित बिजयी भइन । उनको प्रतिस्पर्धी कमलकुमारी योङ्हाङले ९६ मत प्राप्त गरिन । कोशिला आङदाम्बे निवर्तमान जिल्ला सदस्य हुन भने योङ्हाङ निवर्तमान सचिवालय सदस्य तथा याङवरक गाँउपालिकाका कि निवर्तमान उपाध्यक्ष समेत हुन ।
पाँच खुल्ला सदस्य निर्वाचित हुनका लागि ११ जना प्रतिस्पर्धि मध्ये नवराज घिमिरले लोकप्रिय मत २ सय ४७ सहित विजयी भएका छन । उनि पछी क्रमशः विनोद आङ्देम्ब २ सय ४० मत , खगेन्द्रप्रसाद बाँस्कोटा १ सय ९६ मत, राजु थाम्सुहाङ १ सय ८० मत र कृष्ण ओझा १ सय ७९ मतका साथ बिजयी भएका छन् । बाँस्कोटा अधिवक्ता हुन भने ओझा क्रियाशिल पत्रकार हुन ।
शनिवार बाट शुरु भएको अधिवेशनमा अध्यक्षमा विष्णुप्रसाद सापकोटा (विमल) सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले उमेद्वारी फिर्ता लिएपछि उनि सर्वसम्मत भएका हुन् ।
सचिव पदमा पृथ्वि लावती सर्वसम्मत निर्वाचित भएका छन् । विलास योङयाले उमेद्वारी फिर्ता लिए पछी लावती सर्वसम्मत निर्वाचित भएका हुन ।
अधिवेशनमा जिल्लाका ८ स्थानीय तह भित्रका ६० वडा र जनवर्गीय संगठन सहित ४०१ प्रतिनिधि सहभागी भएको थिए । पदाधिकारी सहित ७५ जनाको जिल्ला कमिटि निर्माण भएको निर्वाचन समितिका सुचना अधिकृत अधिबक्ता टिका तिम्सिनाले जानकारी दीएका छन । उनका अनुसार देवि अधिकारीको संयोजकत्वमा ७ सदस्यिय लेखा समिति समेत निर्विरोध निर्वाचित भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १० : २७ बजे