पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । नेकपा (एमाले) पाँचथरको ९औं जिल्ला अधिवेशनमा अध्यक्षको नेतृत्व लागि दुई जनाको दाबी देखिएको छ । सदरमुकाम फिदिममा आजबाट सुरु हुने अधिवेशनका लागि एमाललेले सम्पूर्ण तयारी पुरा गरिससकेको छ ।

अध्यक्ष पदका लागि एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य आशारत्न जवेगू र जिल्ला कार्यवहाक अध्यक्ष विष्णु प्रसाद सापकोटा (विमल)को भिडन्त पक्का पक्कि जस्तै भएको निकट स्रोतबाट बुझिएको छ ।

सचिव पदका लागि एमाले पाँचथरका उपसचिव पृथ्वी लावतीको मात्र दावेदारी रहेकोले उनि निर्विरोध हुने उनि निकट कार्यकर्ताको भनाई छ ।

अन्य तिन पदाधिकारी पदमा समेत निर्वाचन हुने देखिएको छ । उपाध्यक्षका लागि एमाले पाँचथरका उपसचिव विरवहादुर कुरुङवाङ, उपसचिव नरबहादुर गुरुङ र सचिवालय सदस्य दिननाथ अधिकारीको दाबी रहेको निकट श्रोतको भनाई छ ।

उपसचिव पदका लागि जयप्रकाश केरुङ, छवी लावती, श्री माङमु, देउप्रकाश आङदाम्बे, भिम सम्बाहाम्फे, तुलसी थापा आकाक्षी रहेका एमाले जिल्ला सचिवालय सदस्य लेखनाथ धिमिरेले बताए ।

एमाले फालेलुङ गाँउपालिका ईन्चार्ज एवं अधिवक्ता केरुङ यस पदमा निर्वाचन भएमा प्रत्याशी मध्ये आफू बलियो रहेको बताउछन । उनि भन्छन, ‘पाटीलाई गतिशिल, रचनात्मक र युवाहरुको आशा एवं भरोशाको पाटी बनाउने छु ।’

५ पदाधिकारी पद मध्ये एक पदमा महिला अनिवार्य निर्वाचित हुने ब्यवस्था अनुसार आफू उपसचिव पदका लागी तयारी रहेको जिल्ला सचिवालय सदस्य कमलकुमारी योङहाङले बताईन । महिला उपसचिवमा अन्य महिलाको शसक्त दावी नभएकोले आफु निर्विरोध हुने उनले दावी गरिन ।

जिल्ला सदस्य सुजता राईको उपसचिवमा अझ धेरै दावी छ । २०७४ को निर्वाचनमा एमालेबाट फालेलुङ गाँउपालिका वडा नं ०६ को एक मात्र निर्वाचित वडाध्यक्ष हुन । उनि पाँचथरमा एमाले महिला नेतृका रुपमा स्थापीत हुदै आएकी नेता हुन । सामाजिक क्षेत्रमा ‌औधि क्रियाशिल र सक्रिय महिला नेता हुन । महिला वडाध्यक्ष भएको उनको कार्यकाल अहिले पनि जिल्लामा चर्चामा छ ।

अधिवेशनमा जिल्लाका ८ स्थानीय तह भित्रका ६० वडा र जनवर्गीय संगठन सहित अधिवेशनमा ४०१ प्रतिनिधिहरु सहभागी हुने का.बा अध्यक्ष सापकोटाले जानकारी दिए ।

अधिवेशनको उदघाटन एमाले केन्द्रीय उपाध्यक्ष राम बहादुर थापाले शनिवार मध्यान्न गर्दैछन । सर्वसम्मतको प्रयास हुने र नभए निर्वाचन प्रक्रियामा जाने नेताहरुले बताएका छन ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : १९ बजे