पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम। कोशी प्रदेश प्रहरी प्रमुखको नेतृत्व सम्हालेपछी जिल्लाको निरीक्षणमा निस्किएका कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रहरीलाई मिडियाले सकरात्मक आलोजना गर्नु पर्ने बताएका छन । बुधबार जिल्ला प्रहरी कार्यालय, पाँचथरको सभाहलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उनले ‘प्रहरीको कार्यसम्पादन र गतिविधिलाई मिडीयाले सकरात्मक आलोचना गरीरहेमा प्रहरी आफ्नो कर्तब्यबाट विमुख नहुने र जनभावना अनुसार कार्य गर्नेछ’ भनेका छन ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले जिल्लामा लागुऔषध सेवनकर्ताहरु बढेको भन्दै उनको ध्यानाकर्षण गराएका थिए । खापुङले जवाफमा – ‘लागु ‍औषध घर घरको समस्या हुदै आएकोले समाजका सवै पक्ष यसमा लाग्नु पर्ने र न्यूनिकरण एवं नियन्त्रण गर्नु पर्नेु’ उनको भनाई छ । नियन्त्रका लागि प्रहरीले बिशेष कदम चाल्ने र प्रहरी गम्भिर रहेको बताएका हुन् । उनले भने ‘देशभरी लागुऔषधको बिकराल रुप छ, प्रहरी एक्लैले लागुऔषध नियन्त्रण गर्न सक्दैन । सबैको सहकार्यबाट मात्र यो नियन्त्रण गर्न सकिन्छ ।’
जिल्ला प्रहरी कार्यालय पाँचथरको नियमित निरिक्षणमा आएका खापुङसंग जिल्ला स्थित राजनीतिक दलका प्रमुख/प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार एवं संघ संस्थाका प्रतिनिधि विच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १२ : ४२ बजे