पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

माघ १८, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १, स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय सुर्केनागीमा वातावरण सचेतना सहितको १ दिने विद्यालय वातावरण सुधार कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा वातावरण प्रदुषणका कारणहरु, यसका असरहरु, वातावरण संरक्षण गर्ने उपायहरु, वनजङ्गल तथा वन्यजन्तुहरुको महत्व तथा फाइदाहरु लगायतका विषयहरुमा छलफल भएको थियो ।

डिभिजन वन कार्यालय फिदिमको आयोजना तथा सव डिभिजन वन कार्यालय राँकेको संयोजनमा विद्यालय वरपरको वातावरण सरसफाइमा सुधार गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालय वरपरको वातावरण स्वच्छ र सफा राख्न तथा विद्यालय क्षेत्रको फोहोर व्यवस्थापन गर्नका लागि वन कार्यालयको तर्फबाट विद्यालयलाई ८ थान डस्विन समेत प्रदान गरिएको छ ।

उक्त विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, तथा सम्पूर्ण शिक्षक कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण डिभिजन वन कार्यालय राँकेका प्रमुख सुमन भट्टराई र सहजकर्ता अनिशा सम्बाहाम्फेले गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल लुइँटेलको प्रमुख आतिथ्यता र सो विद्यालयका प्रधानाध्यापक दिपकप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : १४ बजे