पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल,

नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ जोरधारामा रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको प्रथम साधारण सभा तथा अधिवेशन सोमबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को आय–व्यय प्रस्तुती तथा नयाँ कार्य समितिको चयन गर्दै मन्दिरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । साधारण सभाले संस्थाका सचिव मणिकुमार चापागाईद्धारा प्रस्तुत प्रतिवेदन सर्वसहमतीले स्वीकृत गरेको छ ।

अधिवेशनले पुष्पलाल चापागाईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा टंकप्रसाद बाँस्तोला, सचिवमा गणेश लुइँटेल, सह सचिवमा लक्ष्मण चापागाईं, कोषाध्क्षमा रेखा दुलाल तथा सदस्यहरुमा बेदमाया न्यौपाने, कुमार गोले, चन्द्रकला गौतम र ध्रुवकुमारी दुलाल सर्वसहमत चयन हुनुभएको छ ।

यस्तै गोबिन्दप्रसाद चापागाईंको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा तारादेवी सञ्जेल र बिष्णुप्रसाद दुलाल रहनु भएको छ ।

कार्यक्रम फाल्गुनन्द गाउँपालिका १ का वडाध्यक्ष होमप्रसाद आङ्देम्बको प्रमूख आतिथ्यता र राधाकृष्ण मन्दिर निर्माण समितिका अध्यक्ष नन्दिकेशर चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ३० बजे