ईलाम / फाकफोकथुम गाउँपालिका – २,धार्नेखोपका ६१ वर्षीय दिलबहादुर तामाङ घरबाट करीब दुई सय मिटर टाढा मृत अवस्थामा फेला परेका छन् ।
गाईबस्तुलाई घाँस काट्न जान्छु भनि बुधबार दिउँसो घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा उनको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय,इलामले जानकारी दिएको छ । हाल उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाममा लगिएको छ ।
प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार ३ : २८ बजे
प्रतिक्रिया