पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

‘चासोक तङ्नाम’ सुरु

नयाँ अन्न पुज्ने चढाउने चाड चासोक तङ्नाम


नारायण तुम्बापो / पाँचथर

पूर्वका बहुल लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी उत्सव) मनाउन सुरु गरेका छन् । नयाँ धान कोदो पाक्न थालेसंगैे लिम्बू जातिको घर–घरमा चासोक तङ्नाम मनाउन सुरु हुन्छ ।
नयाँ अन्न पुज्ने चढाउने चलनलाई चासोक तङ्नाम भनिने लिम्बू संस्कृतिज्ञाता पाँचथरका राजेन्द्र जवेगु बताउछन् । चासोक तङ्नामका रुपमा तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवि) लाई थान थापेर फेदाङ्मा (लिम्बू पुरेत) द्वारा नयाँ अन्न चडाइन्छ । अनि मात्रै नयाँ अन्न खान तथा भण्डारण गर्न थालिन्छ । यो चाड नयाँ अन्न कटनी, संकलन र भण्डारण गर्ने समयभरी मनाउने गरिन्छ । नयाँ अन्नबाली पुज्ने उधौली न्वागी पर्वको लिम्बू संस्करण नै चासोक तङ्नाम हो । लिम्बू बहुल पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी चासोक तङ्नामको थातथलो हो । प्रकृति पुजक लिम्बू जातिको प्रकृति नै पुज्ने सस्कृति हो– चासोक तङ्नाम । यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउदै आएको बताइन्छ । मङ्सिर पूर्णिमाको दिन यसलाई सामुहिक / संस्थागतले विषेशले मनाउने चलन छ । ठिक यहि समयमा पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ ।

लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले चासोक तङ्नाम संस्थागत रुपमा मनाउने चलन बसालेको हो । नयाँ अन्नबाली पुज्ने क्रममा बालीसंगै सारमा उब्जाई दिने प्रकृति जल, जमिन, वायु, अग्नी ( सुर्य ) लाई विशेषले पुजिन्छ । चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि रहेको चुम्लुङ केन्द्रिय महासचिव निरन्ती तुम्बापो बत । लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् ( देवता ) नै मान्छन् । त्यसैले यी जाति अन्नमा खुसीका साथै प्रेम प्रकट गर्न पुज्छन् । चासोकका बेला कलात्मकले चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई अन्नको पनि सम्मान हुने र घरको पनि शोभा बढ्ने गरि ढोका छेउ झुण्याउने चलन पनि छ । लिम्बू मुन्धुम ( शास्त्र ) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङहरुले का“चो कन्दमुल खान्थे । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे । यसको सुनुवाई गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर ), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिए । प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला ) ले संरक्षण गरेर कृषि युगको सुरुवात गरिन । आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए । यसपछि मानिसले स्वास्थ्यबद्र्धक खाद्यान्न पाउन थाले । यसपछि प्रकृतिसहित खाद्यान्नको विउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो । यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको हो ।

मुख्य गरि धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नै पर्ने चलन छ । नचढाइ खाए विभिन्न रोध व्याध लाग्ने लिम्बू समुदायमा जनविश्वास छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : ४२ बजे