काठमाडौँ । डेङ्गी संक्रमण उच्च बिन्दुमा पुगेको छ । असारको पहिलो सातादेखि सुरु भएको डेङ्गीबाट हालसम्म २२ हजार नौ सय ५२ जना संक्रमित भएका छन् । यीमध्ये २९ को मृत्यु भएको छ ।
भयावह रूप लिइरहेको डेङ्गी नियन्त्रणमा आउन अझै दुई महिना लाग्ने प्रक्षेपण छ । कात्तिक अन्तिम सातादेखि डेङ्गी नियन्त्रणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनले देखाएको हो ।
मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरका अनुसार सरुवारोग विशेषज्ञसहितको टोलीले डेङ्गीको फैलावट र अवस्थाबारे अध्ययन गरेको थियो । अध्ययनले हाल यो उच्च बिन्दुमा पुगेको देखाएको छ । हाल डेङ्गी सबैभन्दा बढी उपत्यकामा देखिएको छ । यहाँ अझै संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । प्रवक्ता डा। ठाकुरका अनुसार विगतका वर्षमा पनि डेङ्गी कात्तिकदेखि नियन्त्रणमा आएको थियो ।
डेङ्गी लागिहाल्यो भने के गर्नुपर्छ रु
डेङ्गी सङ्क्रमण भइहाल्यो भने के कुरामा ध्यान दिने रु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा। शेरबहादुर पुन यस्तो भन्छन्( ‘लक्षण मिल्ने बित्तिकै डेङ्गी लागेको होला भनेर सम्झनुपर्योत । ज्वरो बढ्यो भने सिटामोल दिने त हो भनेर घरमै बस्न भएन ।’
उनी अगाडि भन्छन्( ‘हाम्रो शरीरमा रगतको जुन उतारचढाव हुन्छ त्यो थाहा हुँदैन र धेरै मान्छेलाई अचानक गाह्रो बनाउन सक्छ । तपाईँको छरछिमेक काम गर्ने ठाउँ वा विद्यालयमा कसैलाई डेङ्गी छ र तपाईँलाई पनि लक्षण छ भने एक पटक रगतको अवस्था चेक गराउनूस् । र चिकित्सकले परामर्श दिँदै जान्छन् ।’
एक पटक डेङ्गी लागेको व्यक्तिलाई फेरि फेरि डेङ्गी लाग्न सक्ने उनको भनाई छ । तर जुन सालमा उसलाई डेङ्गी लागेको हो त्यही सालमा चाहिँ लाग्दैन किनभने उसको शरीरमा एन्टिबडी बनिसकेको हुन्छ ।
परार पनि डेङ्गी फैलिएको थियो उपत्यकामा त्यस बेला ज्वरो आएर डेङ्गी पोजिटिभ भएर उपचार गरेका कतिपय धेरै बिरामीहरू फेरि पनि डेङ्गी भयो भन्दै आइराखेको डा। शेरबहादुर पुनको अनुभव छ । ‘एक पटक भएको सङ्क्रमणले छोटो समय सुरक्षा दिने भए पनि डेङ्गीकै अर्को प्रकारको भाइरसबाट कति मात्रामा सुरक्षा दिन्छ भन्नेबारे पर्याप्त अनुसन्धान भइसकेको छैन,’ पुन भन्छन् ।
डा पुनकाअनुसार डेङ्गी सरुवा रोग अन्तर्गत परे पनि यो मानिसबाट मानिसमा सिधा सर्दैन । ‘यसलाई लामखुट्टेले सार्ने गर्छ । उनले अगाडि भने, ‘एडीज् जातको लामखुट्टेले एउटा बिरामीलाई टोकेको छ र त्यसले ८ देखि १२ दिनमा आफूबाट अरूमा सार्न सक्ने क्षमता विकास गर्छ र त्यसपछि जति जनालाई टोक्छ त्यति जनालाई डेङ्गी सार्दै जान सक्ने सम्भावना रहन्छ ।’
डेङ्गी हुँदा के खानु हुँदैन रु डा पुनको जवाफ यस्तो छ, ‘यसको औषधि यही भन्ने छैन तसर्थ सिटामोल भन्दा केही नखानूस् । के के को पात पनि खान हुन्छ की हुँदैन भनेर मलाई सोधिरहेका छन् । यसको म विषय विज्ञ त होइन यस्तो कुरामा नेपाल सरकारले नै प्रस्ट पारिदिनुपर्छ । नामै लिएर भन्नुपर्दा पसलमा पाउने नामहरू फ्लेक्सन, निम्स, ब्रुफिन जस्ता औषधी नखानूस् ।
प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार ८ : ०८ बजे
प्रतिक्रिया