पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल, नवमिडाँडा
पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ नम्वर वडाका शाखा सडकहरुमा आगामी भदौ मसान्तसम्म ट्याक्टर सञ्चालन गर्न बन्द गरिएको छ ।
उक्त वडामा आजबाटै लागुहुने गरी उत्तरे–यासोक, मेहेलबोटे–पिपलबोटे र वसाँगु– माङ्जाबुङ सडकखण्ड बाहेकका वडा भित्रका शाखा सडकहरुमा २०७९ भदौ मसान्तसम्म ट्याक्टर सञ्चालन गर्न बन्द गरिएको हो ।
फाल्गुनन्द गाउँपालिका वडा नं.६ मा आज बसेको वडा समितिको बैठकले उक्त वडा भित्रका शाखा सडकहरुमा ट्याक्टर सञ्चालन गर्न बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष नारायण प्रसाद आङ्देम्बेले जानकारी दिए ।
वर्षादको समयमा ट्याक्टर सञ्चालन हुँदा सडक विग्रिने र अन्य सवारी साधनहरु समेत सञ्चालन गर्न कठिनाइ हुने भन्ने स्थानियबासीहरुबाट गुनासो आएकोले सडक संरक्षण गर्न ट्याक्टर सञ्चालन बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष आङ्देम्बेको भनाइ छ ।
ट्याक्टर सञ्चालन गर्न बन्द गर्ने सम्बन्धमा वडा कार्यालयले आज एक सूचना जारी गर्दै उक्त सूचनालाई पालना गरी वडा भित्रका सडकरबाटाहरु संरक्षणमा सहयोग पु¥याउँन सरोकारवाला सबैलाइ अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : २४ बजे