पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौ । अहिले मानिस धेरै नै व्यस्त रहने भएको हुँदा स्वास्थ्यको चिन्तालाई ख्याल गर्न सक्दैन ।सुत्ने, खानपान लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् ।
अहिले खापान र आरामका कारणले गर्दा धेरै बिरामी हुँदै आएका छन् ।अब दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि एकदमै दुःखद खबर आएको छ ।
एक अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातको खत्तरा २ गुणा धेरै हुने भन्दै ज्यान जाने खत्तरा पनि त्यस्तै भएको जानकारी दिएको छ ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालापनि अनिन्द्रा मुटु रोगको प्रमुख कारण रहेको मान्नुहुन्छ ।
केही बंशानुगत रहेपनि विकाशोन्मुख देशहरुमा खानपान र बेचैन नै मुटु रोगको प्रमुख कारण हो । खानेकुरा ब्यालेन्समा खान नसक्नु । उहाँ कसरतको समय नपाउँनु र

काठमाडौ । अहिले मानिस धेरै नै व्यस्त रहने भएको हुँदा स्वास्थ्यको चिन्तालाई ख्याल गर्न सक्दैन ।सुत्ने, खानपान लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् ।
अहिले खापान र आरामका कारणले गर्दा धेरै बिरामी हुँदै आएका छन् ।अब दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि एकदमै दुःखद खबर आएको छ ।
एक अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातको खत्तरा २ गुणा धेरै हुने भन्दै ज्यान जाने खत्तरा पनि त्यस्तै भएको जानकारी दिएको छ ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा। भगवान कोईरालापनि अनिन्द्रा मुटु रोगको प्रमुख कारण रहेको मान्नुहुन्छ ।
केही बंशानुगत रहेपनि विकाशोन्मुख देशहरुमा खानपान र बेचैन नै मुटु रोगको प्रमुख कारण हो । खानेकुरा ब्यालेन्समा खान नसक्नु । उहाँ कसरतको समय नपाउँनु र चैनका साथ सुत्न नसक्नु नै प्रमुख कारण हो भन्नुहुन्छ ।
अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने बताएके हो । अध्ययनका अनुसार पहिले नै मुटुसम्बन्धी रोग र मधुमेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृत्युको जोखिम दुई गुणा धेरै हुने गर्दछ ।
‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल ९मुटुका लागि खराब० कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो ९ट्राइग्लिसराइड० र एचडिएल ९मुटुका लागि असल० कोलेस्टेरोलको कम मात्रा लगायत पर्दछन् ।
यीमध्ये कम्तीमा तीन लक्षण देखिएका व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको मान्न सकिन्छ ।अध्ययन समूहका प्रमुख जुलियो फर्नान्डेज–मेन्डोजा भन्छन्, ‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिले ६ घन्टा निदाए वा सुत्ने समय बढाए यसको जोखिम घट्न सक्छ।

नै प्रमुख कारण हो भन्नुहुन्छ ।
अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने बताएके हो । अध्ययनका अनुसार पहिले नै मुटुसम्बन्धी रोग र मधुमेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृत्युको जोखिम दुई गुणा धेरै हुने गर्दछ ।
‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल (मुटुका लागि असल) कोलेस्टेरोलको कम मात्रा लगायत पर्दछन् ।
यीमध्ये कम्तीमा तीन लक्षण देखिएका व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको मान्न सकिन्छ ।अध्ययन समूहका प्रमुख जुलियो फर्नान्डेज–मेन्डोजा भन्छन्, ‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिले ६ घन्टा निदाए वा सुत्ने समय बढाए यसको जोखिम घट्न सक्छ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : ३८ बजे