पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाण्डौ । लेखिका तथा विद्यार्थी नेता मनिषा आचार्यको उपन्यास ‘छोरी’ आइतबार काठमाण्डौमा बिमोचन भएको छ ।
मनिषाकृत उपन्यास ‘छोरी’ को उर्जामन्त्री पम्फा भुषाल, कवि तथा सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवा, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र समालोचक सन्तोष परियारले बिमोचन गरेका हुन् ।
कृति बिमोचन समारोहमा बोल्दै मन्त्री भुषालले हाम्रो समाजमा नारीमाथि हुने बिभेद कायमै रहेको उल्लेख गर्दै राजनीति र साहित्यको माध्यमबाट विभेद बिरुद्ध संघर्ष जारी राख्नुपर्ने बताइन् ।
बिमोचित कृतिमाथि कवि तुम्खेवा र समालोचक परियारले समिक्षात्मक टिप्पणी राखेका थिए । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश–१, उपाध्यक्ष आचार्यको यो पहिलो कृति हो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ४१ बजे