पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल, नवमिडाँडा
पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा शुक्रबार बालक्लव तथा जुरेसको पुनर्गठन गरिएको छ।
कक्षा १० मा अध्ययनरत विद्यार्थी डम्बर दुलालको अध्यक्षतामा गठित बालक्लवको उपाध्यक्ष मनिषा सञ्जेल, सचिव निर्मल दुलाल, सहसचिव समिक्षा सञ्जेल र कोषाध्यक्षमा मनु आङ्देम्बे चयन भएका छन् ।
समितिका अन्य सदस्यहरुमा सन्देश दुलाल, सुजन चापागाई, रोजिना दुलाल, प्रविन लुइँटेल, पुजा दुलाल, दिप्सना दुलाल, रोसन दुलाल र इन्दिरा देवी दर्जी रहेका छन् । बालक्लवको संरक्षक शिक्षक दिपक प्रसाद दुलाल र प्रधान संरक्षक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद दुलाल रहेका छन ।
यसैगरी सपना चापागाइँको अध्यक्षतामा १३ सदस्यीय जुनियर रेड्क्रस सर्कलको गठन गरिएको छ । जुरेसको उपाध्यक्ष, अबिन नेम्वाङ सचिव निश्चल दुलाल सहसचिव जेनिषा दुलाल र कोषाध्यक्षमा अयुस दुलाल चयन भएका छन् । जुरेसका अन्य सदस्यहरुमा दिपक श्रेष्ठ,सुनिता दर्जी,ममता चापागाईँ,रेखादेवी चापागार्इँ,प्रविन नेम्वाङ,सिर्जना दुलाल,सांयोग नेम्वाङ,पारस चापागाईँ र दिपेश विश्वकर्मा रहेका छन् । जुरेसको शिक्षक नायक राजकुमार आङ्देम्बे र सहनायकमा रेजिना बाँस्कोटा रहेका छन ।
विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम प्रधानाध्यापक मोहन प्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको थियाे।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : २८ बजे