पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगलबार सुनको मूल्यमा देखियो भारी वृद्धि

मंगलबार सुनको मूल्यमा देखियो भारी वृद्धि


काठमाडौं । साताको तेस्रो दिन आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ ।

सुन सोमबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार १०० थियो ।

यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १२ : ३१ बजे