पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज ९शुक्रबार०देखि साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १०० अंकित दरका कुल ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ लगानीकर्ताले आज ९शुक्रबार० देखि छिटोमा माघ २५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन्। उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म खुला रहनेछ ।

लगानीकर्ताले सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्कासनका लागि यस संस्थालाई इक्रा नेपालले ९इक्रा–आईआर० बीबी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : २६ बजे