पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरमा मंगलबार ४० जनामा कोरोना संक्रमण पुष्टि

तेश्रो लहरको संक्रमणमा जिल्लामा यति धेरै संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।


फिदिम । पाँचथरमा मंगलबार एकैदिन ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाँचथरले प्रकाशन गरेको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार १९२ जनामा गरिएको एण्टिजेन परीक्षणमा ४० जनामा संक्रमण देखिएको हो । एकैदिन ४० संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १२३ पुगेको सो प्रतिवेदनमा उल्लेख छ । यो तेश्रो लहरको संक्रमणमा जिल्लामा यति धेरै संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १० : २० बजे