पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाँचथरले स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ ।

सोमबार पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको अनेरास्ववियु जिल्ला कमिटी पाँचथरका अध्यक्ष सुन्दर योङहाङले बताए ।

संविधान र निर्वाचन सम्बन्धि ऐन, कानूनको विधिमा रहि बैशाखमै निर्वाचन गर्न मिति तोक्न ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको योङ्हाङको भनाई छ । ज्ञापनपत्रमा सरकार संविधान र ऐन कानुन भन्दा फरक तरिकाले अघि बढे आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १० : ५७ बजे