पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । नेकपा (माओबादी केन्द्र) पाँचथरमा होम जबेगूले संयोजको जिम्मेवारी पाउनुभएको छ ।

केन्द्र प्रदेश कमिटी बैठकले जबेगुलाई पाँचथर जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यस्तै पाँचथर प्रदेशसभा ‘क’ इन्चार्जको जिम्मेवारी टिका प्रकाश नेम्बाङ र पाँचथर प्रदेशसभा ‘ख’ को इन्चार्जको जिम्मेवारी संखध्वज नेम्बाङलाई दिइएको छ ।

त्यस्तै पालिका इन्चार्जको जिम्मेवारी पाउनेहरुमा फिदिम नगरपालिकामा राधाकृष्ण न्यौपाने, याङवरक अर्जुन बेघा, हिलिहाङ रविन तिम्सिना, फालेलुङ महेन्द्र जबेगु (फुङ्निमा) रहेका छन् ।

त्यस्तै फाल्गुनन्दमा ठाकुरसिं नेम्बाङ, तुम्बेवामा देवेन्द्र खत्री, मिक्लाजुङमा जुनु लाओती र कुम्मायकमा योगेन्द्र खड्कालाई इन्चार्जको जिम्मेवारी दिइने भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ११ : ५५ बजे