पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा मात्र एक हजार ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ तथा ५६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश नं. १ का मोरङ, सुनसरी र झापा जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, सुनसरी २५४ र झापामा १४० जनामा कोरोना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा पाँचथर सदरमुकाम फिदिममा समेत १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै धनकुटा, उदयपुर, तेह्रथुम इलाम, ओखलढुङ्गा, भोजपुर र खोटाङमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५१५ रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ११ : ४६ बजे