पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । मूल्य बृद्धिको विरोधमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारमा सरकारविरुद्ध राँकेजुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ ६ बजे फिदिम बजारको लिम्बूवान गेटबाट गणतन्त्र चोकसम्म राँकेजुलुस प्रदर्सन गरेको हो । जुलुसपछि कोण सभालाई  संबोधन गर्दै गर्दा पुलिसले राँको खोसी कार्यक्रमलाई तितरवितर गरेको युवा संघका जिल्ला अध्यक्ष कमल थपलिया बताए । संघका करिब सयका संख्यामा रहेका युवाले स्थानीय तहको निर्वाचन मिति घोषणा गर, चर्को मुल्य वृद्धि फिर्ता गर, शान्ति सुरक्षा कायम गर, रेणु यादवलाइ बर्खास्त गर, असफल परमादेश सरकार मुर्दावाद, पेट्रोलियम पदार्थ को मुल्य वृद्धि फिर्ता गर, प्रशासनिक जनसेवा सर्वसुलभ गर , राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, विदेशी दलाल होसियार, नेकपा एमाले जिन्दावाद जस्ता नाराबाजी गरेका  थिए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : १० बजे