पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम – पाँच दिनदेखि हराइरहेकी एक वृद्धा मृत फेला परेकी छन् । फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन ।

खोजी गर्ने क्रममा आईतबार दिउँसो १२ बजे ४० मिनेटको समयमा तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : २० बजे