पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । नेकपा ९एमाले०को भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी पाँचथरले विहीबार फिदिममा सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

पछिल्लो समय झनै बढ्दै गएको कोरोना संक्रमणबाट बच्न सहयोग पुर्याउने उदेश्यका साथ मास्क वितरण गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सुन्दर योङहाङले जानकारी दिनुभयो ।

योङहाङका अनुसार फिदिम स्थित गणतन्त्र चोकमा विभिन्न यात्रु, चालक तथा पैदलयात्री लगायतलाई मास्क वितरण गरिएको हो ।

अध्यक्ष योङ्हाङसहित अन्य विद्यार्थी नेता र अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एंवम पाँचथर ईन्चार्ज दिपेन्द्र तुम्वापोको उपस्थितिमा मास्क वितरण गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ४३ बजे