पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

एजेन्सी । निदाउँदा घुर्ने समस्या उमेरले तिन दशक पार गरेका, मोटो शरीर भएका व्यक्तिहरूमा हुने सामान्य समस्या नै हो । यो समस्या धेरै व्यक्तिलाई हुने हुँदा सामान्य लागे पनि साथै सुतेका व्यक्तिका लागि भने निकै कष्टकर समस्या हुने गर्छ ।

निदाउँदा घुर्ने समस्या भएका व्यक्तिहरूले यो समस्याबाट आफूलाई छुटकारा दिलाउन धेरै किसिमको प्रयास गरे पनि वास्तविक रूपमा भने उनीहरूको समस्या समाधान भइरहेको हुँदैन ।

सुत्दा श्वास नलीमा रोकावट हुँदा निदाएको व्यक्तिले घुर्ने गर्छन् । यो समस्यालाई वास्तवमा भन्ने हो भने गम्भीर किसिमको समस्या हो । सुत्दा घुर्ने समस्या भने पनि यसले साथै सुत्ने व्यक्तिलाई धेरै नै समस्या पारिरहेको हुन्छ । कतिपय अवस्थामा श्रीमान्–श्रीमती बिच घुर्ने समस्याकै कारण पारपाचुके समेत भएका समाचारहरू आउने समेत गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : २८ बजे