पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी पाँचथरले आज फिदिममा सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

तेश्रो लहरको रुपमा कोभिड झनै बढ्दै गएकोले संक्रमणबाट बच्न सहयोग पुर्याउने उदेश्यका साथ मास्क वितरण गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सुन्दर योङहाङले बताए। फिदिम स्थित गणतन्त्र चोकमा विभिन्न यात्रु, चालक तथा पैदलयात्री लगायतलाई मास्क वितरण गरिएको हो ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : २६ बजे