मंगल बेघा १२ माघ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकप– २०८१ को उपाधि रेड स्टार क्लब झापाको पोल्टामा परेको छ । फिदिम माविको खेल मैदानमा शनिबार भएको फाईनलमा आयोजक फिदिम भेट्रान्स क्लब, फिदिमलाई ४–२ ले हराउँदै विर्तामोडले उपाधि आफ्नो पोल्टामा पारेको हो ।