१५ माघ, पाँचथर । कुटपिट लुटपिट मुद्दामा दोषी ठहर भई फरार रहेका फिदिम नपा ८ का ५० वर्षीय आईते भनिने बिरबल मुखियालाई बिहिबार कारागार चलान गरिएको छ ।
जिल्ला अदालतको फैसला गरेकाे झण्डै २० वर्षपछि कैद भूक्तानका लागि सुनुवारलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाहले बताए । जिल्ला अदालतले उनी विरुद्ध २०६३ चैत्र १५ गते २ वर्ष कैद र २ हजार २ सय जरिवाना हुने फैसला गरेको थियो ।
अदालतले दोषी ठहर गरे पनि कैद भुक्तान नगरी लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरीले उनलाई घरैवाट गिरफ्तार गरेको प्रहरी निरीक्षक शाहले बताए । गिरफ्तार गरिएका सुनुवारलाई अदालत हाजिर गराइएकोमा उनलाई कारागार राख्न आदेश भए बमोजिम जिल्ला कारागार चलान गरिएको प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए ।
प्रकाशित मिति : १६ माघ २०८२, बिहिबार ७ : १९ बजे






प्रतिक्रिया