पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

८–असार, पाँचथर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सोमबार सुर्खेतवाट गिरफ्तार गरिएको छ ।

सम्पती शुद्धिकरण विभागले उपाध्यक्ष पौडेललाई गिरफ्तार गरेको हो । पौडेलको सेयर कारोबार र सम्पती शंकास्पद देखिएकाले गिरफ्तार गरी अनुन्धान अगाडि वढाइएको विभागले जनाएको छ ।

पार्टीको कामको सिलसिलमा सुर्खेत पुगेका पौडेललाई गिरफ्तार गरी काठमाण्डौ ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ । पौडेललाई कार्यक्रम स्थलवाट नै गिरफ्तार गरिएको थियो ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई गिरफ्तार गर्नु अघि ललीतपुरको भैसेपाटी स्थित उनको निवासमा सम्पती शुद्धिकरण विभागले छापा समेत मारेको थियो ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ४३ बजे