पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

२१– बैशाख, पाँचथर । फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा क्यान्सर तथा गुप्त रोगहरु एवम् आर्गानिक मल सम्बन्धी एक दिने चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पाठेघरको मुखको क्यान्सर तथा मलाशयको क्यान्सरको पहिचान, कारण, क्यान्सरको लक्षण, जोखिम तथा क्यान्सरबाट बच्ने उपायहरु र अर्गानिक मलको प्रयोग लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा फाल्गुनन्द १, नवमीडाँडाका जनप्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरु, संघसंस्थाका प्रतिनिधिहरु, विद्यालयका शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापकहरु, समाजसेवी, वुद्धिजिवी लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

युनिभर्सल युथ ग्रुप तथा कुष्ठरोग स्वास्थ्य केन्द्र तथा शिवशक्ति वायोटेक उर्लाबारी मोरङको प्राविधिक सहयोग तथा जिल्ला शहकारी संघ लिमिटेड, पाँचथर र बचत तथा ऋण शहकारी संघ लिमिटेड, पाँचथरको संयोजनमा कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला सहकारी संघ पाँचथरका अध्यक्ष रेणुप्रसाद ओझा, बचत तथा ऋण शहकारी संघ पाँचथरका अध्यक्ष मणिराज भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण युनिभर्सल युथ ग्रुप उर्लाबारी मोरङकी सहजकर्ता आकृति थापाले गर्नुभएको थियो ।

फाल्गुनन्द गाउँपालिका वडा नं.१ का वडाध्यक्ष होमप्रसाद आङ्देम्बेको प्रमुख आतिथ्यता र नवमीडाँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छबिरमण हुमागाईँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम नवमीडाँडा बचत तथा ऋण सहकारी संस्था र साहसी महिला बहुउद्धेश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । पहिलो चरणको चेतनामूलक कार्यक्रम सम्पन्न भए पश्चात पाँचथर जिल्लाका विभिन्न स्थानमा पाठेघरको मुखको क्यान्सर तथा गुप्तरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ११ : ०३ बजे