पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२० चैत्र, पाँचथर । व्यवस्थापिका (संसद) को सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फवाट निर्वाचित प्रतिनिधि सभा सदस्य डीपी (डोल प्रसाद) अर्यालको एकल उम्मेदवारी दर्ता भएको छ ।

संसद सचिवालयले शुक्रबार तय गरेको उम्मेदवारी दर्ता गर्ने कार्यसूचिमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएको हो । अन्य दलले उम्मेदवारी नदिएपछि अर्याल सर्वसम्मत समामुखमा निर्वाचित हुने भएका हुन् ।

रास्वपाका उपसभापति समेत रहेका अर्याल गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाण्डौ– ९ वाट निर्वाचित भएका थिए । अर्यालले गृहमन्त्रालयको जिम्मवारी लिने चर्चाकाबीच सुदन गुरुङले सो मन्त्रालय सम्हालेपछि उनी सभामुखमा जान तयार भएका हुन् ।

निर्विरोध निर्वाचित सभामुख अर्यालले पद तथा गोपनीयताको शपथ आइतबार गर्ने तयारी गरिएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो २:३० वजे राष्ट्रपति कार्यालयमा सपथ गराउने तयारी गरिएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ७ : ५५ बजे