पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१९ चैत्र, पाँचथर । हिलिहाङ गाउँपालिका ५ स्थित बञ्चरे डाँडा स्थित गुराँसे–सुभाङ कच्ची सडकमा बिहिबार सवारी दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ ।

डोक्किलेवाट सुभाङ तर्फ जाँदै गरेको मे १ ज ६०२९ नम्बरको पिकअप दुर्घटना हुँदा त्यसमा सवार सवारीधनी हिलिहाङ गाउँपालिका ५ बस्ने २४ वर्षीय आभास माबोको मृत्यू हो । घटना पश्चात उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको सोही अस्पतालमा पोष्टमार्टम गरी लास आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अनिश कुमार कर्णले बताए ।

सोही दुर्घटनामा परी घाईते भएका हिलिहाङ गाउँपालिका ५ का २४ वर्षीय सन्दिप उभरकोटीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुर्घटना भएको सवारी साधनका चालक झापा जिल्ला बुद्धशान्ति गाउँपालिका ६ का २५ वर्षीय कृष्ण बहादुर बराइलीलाई गिरफ्तार गरिएको प्रहरी नायव उपरीक्षक कर्णले बताए ।

स्थानीय र प्रहरीका अनुसार पिकअप अन्यिन्त्रित भई सडकवाट ५० मिटर तल झर्दा दुर्घटना भएको हो । पिकअप अम्लिसो ढुवानीका लागि सो स्थामा लगिएको मृतकका आफन्तले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ८ : ३३ बजे