पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

करिब २ सय खेलाडी सहभागी हुने अपेक्षा राखिएको प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको संघका अध्यक्ष तुम्बापोले बताए ।

१२ चैत्र, पाँचथर । दोस्रो सुम्हा?लुङ कप खुल्ला व्याडमिन्टन प्रतियोगिता आगामी वैशाख १० गतेदेखि फिदिम वजार स्थित ब्याडमिन्टन कभर्ड हलमा सञ्चालन हुने भएको छ ।

व्याडमिन्टन संघ, पाँचथरले विहिबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार ३ दिनसम्म सञ्चालन हुने प्रतियागितामा १० विधा समावेश गरिएको छन् । आयोजकका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा समावेश गरिने विधाहरु पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स, जुनियर व्वाईज (यू–१५), जुनियर गल्स (यू–१५), जुनियर व्वाईज (यू–१३), युनियर गल्स (यू–१३), भेट्रान्स (१००‌+), सुपर भेट्रान्स (६०‌+) र आन्तरिक जिल्ला स्तरीय समूह– बी रहेका छन् ।

गत वर्ष भन्दा पुरस्कार राशीमा समेत वृद्धि गरिएको जानकारी गराउँदै पुरुष डबल्स विधाको विजेताले ५५ हजार, उपविजेताले २८ हजार र तृतीय स्थान हाँसिल गर्ने जेडीले जनही १४ हजार नगद प्राप्त गर्ने ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोले बताए । महिला डबल्स विधाका विजेता र उपविजेताले क्रमशः ४० हजार र २० हजार नगद प्राप्त गर्नेछन् भने तृतीय स्थान हाँसिल गर्ने जोडीले जनही १० हजार नगद प्राप्त गर्नेछन् । यसै गरी, मिक्स डबल्स तर्फका विजेता र उपविजेताले क्रमशः ४० हजार र २० हजार नगद प्राप्त गर्नेछन् भने तृतीय स्थान हाँसिल गर्ने जोडीले जनही १० हजार नगद प्राप्त गर्ने अध्यक्ष तुम्बापोले जानकारी दिए ।

यसै गरी, जुनियर व्वाईज (यू–१५) र जुनियर गल्स (यू–१५) विधाका विजेतालाई समान १५ हजार, उपविजेतालाई १० हजार र तृतीय स्थान हाँसिल गर्ने जोडीलाई जनही ५ हजार नगद प्रदान गरिनेछ । जुनियर विधाकै र व्वाईज (यू–१३) र गल्स (यू–१३) का विजेताले समान १० हजार, उपविजेताले ५ हजार र तृतीय स्थान हाँसिल गर्ने जोडीले जनही २ हजार ५ सय नगद प्राप्त गर्नेछन् ।

अन्तराष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहने सुपर भेट्रान्स ६०+ (दुवै खेलाडीको उमेर ६० माथि) विधाका विजेता र उपविजेताले क्रमशः ४० हजार र २० हजार नगद प्राप्त गर्नेछन् भने तेस्रो हुने जोडीले जनही १० हजार नगद प्राप्त गर्ने छन् । भेट्रान्स १००+ (दूई खेलाडीको उमेर १००) का विजेता र उपविजेताले ४० हजार र २० हजार नगद प्राप्त गर्नेछन भने तेस्रो हुने जोडीले जनही १० हजार नगद प्राप्त गर्ने छन् । यसै गरी, आन्तरिक समूह– बी तर्फका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हाँसिल गर्ने जोडीले जनही ७ हजार ५ सय नगद प्राप्त गर्ने संघका अध्यक्ष तुम्बापोले बताए ।

फिदिम नपा– ४ स्थित प्रसिद्ध ऐतिहासिक, साँस्कृतिक पर्यटकीय स्थल सुम्जिरी सुम्हा?लुङको नामवाट स्थापित यस प्रतियोगिता गत साल आयोजना गरिएको थियो । खेलाडीहरुको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्न र खेलकुदका माध्यमवाट पर्यटन प्रवद्र्धन गर्दै आर्थिक गतिविधिमा समेत टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । करिब २ सय खेलाडी सहभागी हुने अपेक्षा राखिएको प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको संघका अध्यक्ष तुम्बापोले बताए ।

गत साल पुरुष डबल्स विधाको उपाधि नेपाल पुलिस क्बलका कबिर केसी र इलामका दिवस शंकरले उचालेका थिए । महिला डबल्सको उपाधी त्रिभूवन आर्मीका रसिला महर्जन र अमिता गिरीले जिते भने मिक्स डबल्सको उपाधि त्रिभूवन आर्मीकै विधान अधिकारी र रसिला महर्जनले चुमेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १२ : ४५ बजे