पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२२-फागुन, पाँचथर । एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ को प्रारम्भिक मत गणनामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ ।

मिक्लाजुङ गाउँपालिका १ स्थित खान्द्रोङ माविको २ ओटा मतदान केन्द्रको मतगणना अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले ३०३ मत प्राप्त गरी अग्रता काम गरेका हुन् । यो केन्द्रवाट नेपाली काँग्रेसका नरेन्द्रकुमार केरुङले १८६, नेकपा एमालेका अइन्द्र सुन्दर नेम्बाङले १७६, नेकपाका हर्कबहादुर नेम्बाङ (मिक्सो) ले १४१, राप्रपाका तेजबहादुर कुरुम्बाङले ४४ र रास्वपाका महेन्द्र विक्रम थाम्सुहाङले ३४ मत प्राप्त गरेका छन् ।

यसै गरी, राष्ट्रिय मुक्ती पार्टीका मित्र लिङदेनले ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले ३, नेपाल जनमुक्ती पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ३, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले २, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले १ र राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुव्वाले १ मत प्राप्त गरेका छन् ।

यसपछि मिक्लाजुङ गाउँपालिकाकै दुई ओटा मतदान स्थलको मतगणना कार्य गरिने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा विहिबार सम्पन्न निर्वाचनमा ४९.६३ प्रतिशत मतदान भएको थियो । कुल १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३३ हजार ६ सय १५ महिला र ३७ हजार ५ सय ५५ पुरुष सहित ७१ हजार १ सय ७१ जनाले मतदान गरेका थिए । निर्वाचन सम्पन्न गर्न १ सय २ मतदान स्थल र १ सय ७९ मतदान केन्द्र स्थापना गरिएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : २६ बजे