५ फागुन, काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा केही सैनिक घाइते भएका छन् ।
बीबीसी उर्दुका अनुसार सैन्य चौकी रहेको भवनमा विस्फोटक पदार्थले बोकेको एक गाडी विष्फोट भएको थियो । उक्त भवन पहिले मदरसा थियो । पछि सुरक्षा चौकी बनाइएको थियो ।
पकस्तिानी प्रहरी अधिकारीले सुरक्षा चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि १० सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । आक्रमणमा परी मृत्यु हुनेमा एक प्रहरी र नौ सैनिक रहेका छन् ।
उक्त आक्रमणबारे पाकिस्तानी सेनाका तर्फबाट अहिलेसक्म कुनै बयान सार्वजनिक भएको छैन । तर, खैबर पख्तुनख्वाहका मुख्यमन्त्री सोहेल अफ्रिदीले आत्मघाती आक्रमणको निन्दा गरेका छन् ।
अनलाइन खबरवाट
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार ११ : ०५ बजे






प्रतिक्रिया