मुम्बई (हाम्रो खेलकुद)- तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ८२ रनको साझेदारी तथा लोकेश बमको विष्फोटक ब्याटिङ गरेपनि नेपालले टि ट्वान्टी विश्वकप जितेको नजिक पुगेर फेरि चुकेको छ।
नेपाल इङ्ल्यान्डसँग ४ पराजित भएको छ। नेपालले ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो। अघिल्लो विश्व कपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।
नेपाललाई जितका लागि अन्तिम ओभरमा १० रनको आवश्यकता थियो। तर नेपालले ५ रन मात्र जोड्न सक्यो।
१ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालका लागि दीपेन्द्र र रोहितले सम्हालिएर प्रदर्शन गरे। दीपेन्द्रले सर्वाधिक ४४ रन जोडे।

इङ्ल्यान्ड विरुद्ध बराबरीको टक्कर दिएको नेपालले दीपेन्द्र आउट भएपछि ब्याटिङ लाइअप धर्मराएको थियो। १४.२ ओभरमा दीपेन्द्र श्याम करनको बलमा आउट भए।
२९ बलमा दीपेन्द्र ६ चौका १ छक्का प्रहार गरे। त्यसको अर्को ओभरमा (१५.३) रोहित ३९ रनमा आउट भए। रोहितले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ओपनर कुशल भुर्तेलले दमदार सुरुवात गरे। १७ बलमा उनले ४ चौका र १ छक्कासहित २९ रन जोडे। अर्का ओपनर आसिफ शेख ७ र उनका दाजु आरिफ शेखले १० रन बनाए । लोकेश २० बलमा ४ चौका र २ छक्कासहित ३९ रनमा नटआउट आउट रहे ।
मुम्बईको वाङखडे स्टेडियममा त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
ज्याकब बेथल र कप्तान ह्यारी ब्रुकले चौथो विकेटको लागि ७१ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए। त्यसअघि शेर मल्लले ड्रिम डेब्यु गर्ने क्रममा फिल्ड साल्टको विकेट लिए ।
उनले डेब्युको पहिलो बलमै साल्टको विकेट लिएका हुन्। जोस बटलरले २६ रन बनाउँदै नन्दन यादवको बलमा आउट भए । बटलरले १७ बलमा ५ चौका प्रहार गरे।
पावर प्लेमा इङ्ल्यान्डले २ विकेटको नोक्सानीमा ५७ रन जोडे थियो। बेथमले अर्धशतक बनाउँदै इङ्ल्यान्डलाई १ सय रन पार गराएका थिए। ११.२ओभरमा इङ्ल्यान्डले १ सय रन पूरा गरे। दीपेन्द्र सिंह ऐरीको बलमा ३५ बलमा बेथमले समान ४ चौका र छक्कासहित ५५ रन बनाए।
टोम बेनटोन सन्दीप लामिछानेको बलमा २ रन बनाएर आउट भए । साम करन २ रनमा दीपेन्द्रको बलमा बोल्ड भए । कप्तान ब्रक ५३ रन बनाउँदै नन्दनको बलमा आउट भए । ३२ बल खेलेका ब्रुकले ४ चौका र ३ छक्का प्रहार गरे। फिल ज्याक्सले १८ बलमा १ चौका र ६ छक्कासहित नटआउट ३९ रन बनाए । अन्तिम ओभरमा इङ्ल्यान्डले २२ रन जोडेको थियो।
दीपन्द्र र नन्दनले समान २ , शेर, सन्दीपले समान १ विकेट लिए। नेपाल र इङ्ल्यान्डको खेलमा १६ हजार ३ सय ७६ दर्शकको उपस्थिति थियो।
हाम्राे खेलकुदवाट
प्रकाशित मिति : २६ माघ २०८२, आइतबार ८ : ०४ बजे






प्रतिक्रिया