पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

२१- माघ, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका– १ स्थित बालविकास आधारभूत विद्यालय, भोगटेनीमा मंगलबार विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ ।

विद्यालयमा भएको अभिभावकहरु तथा सरोकारवालाहरुको भेलाले देउकुमार आङ्देम्बेको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

समितिका सदस्यहरुमा आइन्द्रबहादुर तामाङ, बुद्धिमान तामाङ, सुस्मा नेम्वाङ, पार्वतीमाया तामाङ, वडा प्रतिनिधी दिलकुमार आङ्देम्बे, शिक्षक प्रतिनिधी रोशनकला भट्टराई तथा सदस्य सचिवमा विद्यालयकी प्रधानाध्यापक ममता लिम्बू सर्वसहमत चयन हुनुभएको छ ।

यसैगरी अभिभावकहरुको सोहि भेलाले धनबहादुर आङ्देम्बेको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको समेत गठन गरिएको विद्यालयले जनाएको छ ।

फाल्गुनन्द गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रतिनिधी बाबुराम राईको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन गरिएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ माघ २०८२, बुधबार  ८ : २० बजे