२१ पौष, पाँचथर । बालयौन दुर्व्यवहार मुद्दामा फरार रहेका प्रतिवादी फालेलुङ गाउँपालिका- ३ का ५९ वर्षीय रणबहादुर राईलाई प्रहरीले आइतबार गिरफ्तार गरेको छ ।
अदालतको फैसला अनुसार दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई गिरफ्तार गरी अदालतमा हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतका अनुसार फैसला कार्यान्वयनका लागि प्रतिवादीलाई कारागार चलान गरिएको छ ।
एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी विरुद्ध जिल्ला अदालत पाँचथरले वैशाख १७ गते २० दिन कैद र १० हजार जरिवाना हुने फैसला गरेको थियो । अदालततको फैसला पश्चात फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २१ पुस २०८२, सोमबार २ : १८ बजे






प्रतिक्रिया