पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

११ पौष, पाँचथर । जेनजी आन्दोलनपछि गठन भएको शुशीला कार्की नेतृत्वको मन्त्री परिषद पाँचौं पटक विस्तार भएको छ । शुक्रबार बालानन्द शर्मा परराष्ट्रमन्त्री बनेसँगै कार्की नेतृत्वको सरकार पाँचौं पटक विस्तार भएको हो ।

नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माले राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका थिए । उनको सपथ ग्रहणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायशीश, मन्त्रीहरु लगायत उपस्थित थिए ।

सपथ ग्रहण लगत्तै शर्माले मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले लिएकी थिईन् । अब खानेपानी र रक्षा गरी दुई मन्त्रालय मात्र कार्कीसँग रहेको छ ।

शर्माको विज्ञतालाई हेरेर उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि गठन भएको कार्की नेतृत्वकाे सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जनादेश प्राप्त गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : ४२ बजे