पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

३ पुस, पाँचथर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले बिहिबार आदेश दिएको छ ।

सहकारी ठगी प्रकरणमा कागारमा रहेका सभापति लामिछानेलाई उच्च अदालतले जमानतमा थुनामुक्त गर्न आदेश दिएकाे हाे । साे अदालतका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार सभापति लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत वापत राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्न समेत आदेश दिएको छ ।

उच्च अदालतकाे आदेश आए पनि सभापति लामिछानेलाई कारागार बाहिर ल्याउन अदालती प्रक्रिया पूरा गर्न पर्ने हुन्छ । यसका लागि शुक्रबारसम्म लाग्न सक्नेछ । उच्चकाे आदेशपछि उनी रहेकाे नक्खु कारागार बाहिर उनका समर्थककाे भीड लागेकाे छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ६ : १२ बजे