मंगल बेघा
२ पौष, पाँचथर । बहुविवाहको मुद्दामा दोषी ठहर भई फरार रहेका कुम्मायक गाउँपालिका– १ का ४० वर्षीय बिरे भनिने बिरेन्द्र कुमार लावती र सोही स्थानकी ३० वर्षीया बिमला भनिने भिममाया तामाङलाई मंगलबार कारागार चलान गरिएको छ ।
जिल्ला अदालतको फैसला अनुसार उनीहरुलाई कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिश कुमार कर्णले बताए । अदालतको फैसाल कार्यान्वयन गर्ने क्रममा उनीहरुलाई घरैवाट सोमबार गिरफ्तार गरिएको प्रहरी नायव उपरीक्षक कर्णले जानकारी दिए ।
जिल्ला अदालतले बहुविवाह मुद्दामा प्रतिवादीहरु विरुद्ध ०७५ वैशाख ६ गते जनही १ वर्ष ५ महिना १७ दिन कैद र १५ हजार जरिवाना हुने फैसला गरेको थियो । कुम्मायक गाउँपालिका १ की रुपा तामाङले उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् ।
प्रकाशित मिति : २ पुस २०८२, बुधबार ११ : १५ बजे






प्रतिक्रिया