पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२५ कार्तिक, पाँचथर। भारतको राजधानी नयाँदिल्लीकाे लालकिल्ला मेट्रो स्टेशन नजिकै साेमबार कारमा विष्फाेट हुँदा कम्तीमा ८ को मृत्यु भएको छ भने २० जना बढी घाइते भएका छन्।

रोकिराखेको कारभित्र विष्फाेट भएको स्थानीयले जनाएका छन् । बीबीसीले जनाए अनुसार साेमबार साँझ ६ बजेर ५५ मिनेटमा विस्फोट भएको थियो।

कारमा विस्फोट भएपछि आसपास रहेका अन्य सवारी साधनमा समेत आगो लागेको थियाे। सुरक्षाकर्मीले घटना स्थललाई सिल गर्दै अनुसन्धान सुरु गरेका छन्।

विष्फाेटलाई आतंकवादी आक्रमणको आशंका गरिए पनि हालसम्म कसैले जिम्मेवारी लिएको छैनन्।

घटनाकाे विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा संलग्न षड्यन्त्रकारीहरूलाई नछोडिने बताएका छन्।

यसैबीच प्नधामन्त्री सुशीला कार्कीले घटनाबाट स्तब्ध र दु:खी भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले विस्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् । उनले यस दु:खको घडीमा नेपाल भारतको साथमा रहेको पनि बताएकी छन् ।

तस्विर- सामाजिक सञ्जाल

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ७ : ०६ बजे