पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

च्याम्पियन बनेको पुलिसले नगद १० लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो । उपविजेतामा सीमित बनेको एपिएफले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

मंगल बेघा

२४ कार्तिक, झापा । नेपाल एपीएफ क्बलको लगातार उपाधि यात्रालाई पूर्ण विराम लगाउँदै नेपाल पुलिस क्लबले एलभीडी झापा महिला गोल्डकपको उपाधि हात पारेको छ । शिवसताक्षी नगरपालिका स्थित दुधे रंगशालामा सोमबार भएको फाईनलमा विभागीय टिम एपीएफ विरुद्ध १–० को जित दर्ता गर्दै पुलिसले उपाधि हात पारेको हो ।

दर्शकले भरिभराउँ रंगशाला पुलिसले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै एपिएफको उपाधि यात्रामा विराम लगाएको हो । खेलको २२ औं मिनेटमा पुलिसकी रेखा पौडेलले गरेको प्रहार विपक्षी डिफेन्डरलाई लागेर रिबाउण्ड भएको अवसरलाई मिना देउवाले वान टचमै शक्तिशाली प्रहार मार्फत जाली चुमाएकी थिईन् ।

दोस्रो हाफमा आक्रमक फुटबल पस्किएको एपिएफले पटक पटक गरेको प्रसासमा पुलिसकी गोलरक्षक उशा नाथ बाधक बनिन् । दुवै टोलीले आक्रमण गरेपनि सफल नभएपछि पहिलो हाफमा गरेको एक मात्र गोल नै पुलिसलाई उपाधि दिलाउन निर्णायक बन्यो ।

फाईनल खेलको प्लेयस अफ दी म्याद पुलिसकी डिफेन्डर पुजा राना घोषित भईन् । उनले नगद १५ हजार ट्रफी हात पारिन् ।

च्याम्पियन बनेको पुलिसले नगद १० लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो । उपविजेतामा सीमित बनेको एपिएफले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधा तर्फ पुलिसकी उशा नाथ उत्कृष्ट गोलरक्षक, भोलानाथ सिलवाल उत्कृष्ट प्रशिक्षक र प्रतियोगिता अवधिभर ७ गोल गरेकी मिना देउवा सर्वाधिक गोलकर्ता घोषित भईन् । यसै गरी, एपीएफकी मनमाया दमाईले उत्कृष्ट डिफेन्डर, अनिता बस्नेत उत्कृष्ट फरवार्ड, रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर र आर्मीकी जेनिफर उदयमान खेलाडी घोषित भए । सवैले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी पुलिसकी मिना देउवाले नगद १ लाख ५० हजार र ट्रफी हात पारिन् ।

तस्विर साैजन्य :- Jhapa Women’s Gold Cup

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार  ७ : ०७ बजे