पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२३–कार्तिक, पाँचथर । कवि कृष्ण उदाशीले आफ्नो कविता कृति ‘पानीको पर्खाल‘ ल्याएका छन् । काठमाडौं स्थित सर्वनाम थिएटरमा शनिबार आयोजित कार्यक्रममा कवि तथा गीतकार श्रवण मुकारुङले उदाशीको कविता कृति लोकार्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि मुकारुङले कविलाई बधाई तथा शुभकामना दिए । उनले संग्रहमा कविताका सारतत्वहरु समेटिएका रचनाहरु समावेश भएको अपेक्षा गरिएको बताए । कविता कृति माथि डा. अम्बिका अर्याल र डा. अशोक थापाले समिक्षा राखेका थिए ।

कार्यक्रममा कवि चन्द्रवीर तुम्बापो, राधा कडेँल र महेश पौड्यालले संग्रहभित्रका कविताहरु बाचन गरेका थिए । उनको संग्रहमा ४१ ओटा कविता समेटिएका छन् । संग्रहमा समेटिएका कविताहरु समसामयिक विषयवस्तुहरु माथिको सिर्जना भएको उनले बताए । कविता कृति माथि आगामी कार्तिक २९ गते गृहजिल्लामा समेत चर्चा कार्यक्रम राखिने उनले जानकारी दिए ।

पाँचथरको याङवरक गाउँपालिका २ फलैचामा जन्मिएका उदाशीले मोरङको उर्लाबारी बजारलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका छन् । उनको खास नाम कृष्ण सिवाकोटी भए पनि साहित्यमा कृष्ण उदाशी उपनामले परिचित छन् । उनी ‘फलैचा इन्टरटेनमेन्ट’ नामक यूट्युब समेत सञ्चालन गर्छन् । उनको यूट्युब च्यानलमा ज्ञानबद्र्धक, सन्देशमुलक, मनोरञ्जनात्मक श्रव्य–दृश्यहरु पाउन सकिन्छ ।

तस्विर साैजन्य : कृष्णा उदाशी

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार  ११ : ३८ बजे