पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

प्रतियाेगिताकाे विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन्।

मंगल बेघा

२१ कार्तिक, पाँचथर । संकटा क्बललाई हराउँदै नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको उपाधि नजिक पुगेकाे छ।  

झापाको दुधे रगंशालमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा विरुद्व २-० जित दर्ता गर्दै पुलिसले फाइनल यात्रा तय गरेकाे हाे। पुलिसले दुवै गाेल दाेस्राे हाफमा गरेकाे थियाे ।

पहिलाे हाफ दुवै टाेलीले ०-० काे बराबरी खेलेपछि दाेस्राे हाफमा आक्रमक फुटबल पस्केकाे पुलिसले गाेल गर्न भने ७० का थिए । औं मिनेटसम्म कुर्नु परेको थियो । मैदानको ३० यार्ड टाढावाट पुसिलकी पुजा रानाले फ्रिकिक मार्फत मिलाई दिएको पासलाई मिना देउवाले हेडर मार्फत जाली चुमाएका थिए ।

यसै गरी, खेलको ८२ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन् । संकटाकी कप्तान यसोदा शाहीले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै पौडेलले जाली चुमाईन् । खेलको प्लेयर अफ दी म्याच भएकी रेखाले १५ हजार नगद र ट्रफी हात पारिन् ।  

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।  

प्रतियाेगिताकाे विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । यसै गरी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता, प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयाेजकले जनाएकाे छ। प्रतियोगिताको फाइनल कार्तिक २४ गते हुनेछ।

तस्विर साैजन्य :- Jhapa Women’s Gold Cup 

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  ७ : १५ बजे