पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

विजेता कुम्मायकले नगद १ लाख १ सय ७३ रुपैँया उपबिजेता हिलिहाङले ५१ हजार १ सय ७३ रुपैँया सहित ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

मंगल बेघा

१४ कार्तिक, पाँचथर । ८ औं तरुण गोल्डकप– २०८२ जिल्ला स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले चुमेको छ । जिल्ला सदरमुकाम स्थित फिदिम माविको खेलमैदानमा बिहिबार भएको फाईनलमा हिलिहाङ गाउँपालिकालाई १–० ले हराउँदै कुम्मायकले उपाधि चुमेको हात पारेको हो ।

वर्षातले हिलाम्मे खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कुम्मायकका सुदिप लावतीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । हिलिहाङले बल पोजिसनमा पक्कड जमाउँदै पटक पटक आक्रमण गरेपनि गोल गर्न नसकेपछि लावतीले गरेकाे गाेल नै कुम्मायकलाई उपाधि दिलाउन पर्याप्त बन्याे।

विजेता कुम्मायकले नगद १ लाख १ सय ७३ रुपैँया सहित ट्रफी मेडल र प्रमाण पत्र हात पार्याे । उपबिजेता हिलिहाङले ५१ हजार १ सय ७३ रुपैँया सहित ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो । दुवै टिमलाई प्रतियोगिता समापन सत्रका प्रमुख अतिथि नेपाली काँग्रेस पाँचथरका सभापति रुपनारायण जवेगु, निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले सहितका नेताहरुले पुरस्कार हस्तान्तरण गरेका थिए ।

नेपाल तरुण दल जिल्ला कार्य समिति पाँचथरद्धारा आयोजित प्रतियोगितामा जिल्लाका याङवरक गाउँपालिका बाहेकका अन्य ७ स्थानीय तहले सहभागिता जनाएका थिए । कुम्मायकले क्वाटरफाईनलमा फालेलुङ गाउँपालिका र सेमिफाईनलमा फाल्गुनन्द गाउँपालिकालाई हराउँदै उपाधि नजिक पुगेको थियो । यसै गरी, हिलिहाङ गाउँपालिकाले क्वाटरफाईलनमा तुम्बेवा गाउँपालिका र सेमिफाईनलमा स्टार खेलाडीले भरिभराउ फिदिम नगरपालिकालाई हराउँदै फाईनल यात्रा तय गरेको थियो ।

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष सुमन लामाले बताए । यूवालाई खेलकुद प्रति आकर्षण गराउँदै राज्य निर्माणको मूल प्रवाहमा समाहित गर्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  ३ : ४८ बजे