पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१८–असोज, पाँचथर । तमोर कोरिडोर अन्तर्गत कुम्मायक गाउँपालिका- ३ रानीगाउँ स्थित कात्तिके भन्ने स्थानमा यात्रुबाहक बोलेरो शनिबार दिउँसो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यू भएको छ भने अन्य ६ जना घाईतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

ताप्लेजुङवाट धरान जाँदै गरेको मे १ ज ३०५५ नम्बरको ट्याक्सी सडकवाट भिरालो भिर हुँदै तमोर नदि तर्फ झर्दा ३ महिला सहित ६ जना यात्रुको घटना स्थलमा नै मृत्यु भएको हो । घाईते भएका ६ मध्ये ५ जनालाई धरान स्थित विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान र १ जनालाई जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ट्याक्सी ताप्लेजुङको सावादिनवाट १२ जना यात्रु लिएर धरानका लागि छुटेको थियो । ट्याक्सी सडकवाट धेरै टाढा झरेकाले ठूलो मानवीय क्षती पुगेको घटना स्थलमा रहेका पत्रकार रमेश थापाले बताए ।

घटनाको विषयमा स्थानीयले प्रहरीलाई जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटना स्थलमा पुगी उद्धारमा खटिएका थिए । घटना परी ज्यान गुमाएकाहरुकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याउने तयारी गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले बताए । मृतक र घाइते यात्रुहरुको पहिचान खुल्न समेत बाँकी रहेको उनले जानकारी दिए।

तस्विर:- bishwasanchar.com 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ३ : ०६ बजे