मंगल बेघा
१२-असोज, पाँचथर । टेस्ट टोलि वेष्टइण्डिज माथि नेपालले ऐतिहासिक जित हाँसिल गरेको छ । युएईमा शनिबार भएको युनिटी कपको पहिलो खेलमा दुई पटकको टि-२० विश्वकप विजेता वेष्टइण्डिज विरुद्ध नेपालले १९ रनको जित हाँसिल गरेको हो ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले वेष्टइण्डिज विरुद्ध १ सय ४८ रनको मध्यम स्कोर बनाएको थियो । १ सय ४९ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको वेष्टइण्डिज १ सय २९ रनमा समेटिएपछि नेपालले १९ रनकाे ऐतिहासिक जित हाँसिल गरेको हाे ।

वेष्टइण्डिजका नविन बिडैसीले सर्वाधिक २२ रन बनाए । यसै गरी, अमिर जांगोले १९, काइल मेयर्स ५, कलिम अगस्टे १५, जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५, कप्तान अकिल हुसेन १८ र फबिएन एलेन १९ रन बनाए ।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा मात्र १७ रन दिएर २ विकेट लिएका थिए । यसै गरी, दिपेन्द्र सिंह ऐरी, कप्तान रोहितकुमार पौडेल, करण केरी, नन्दन यादव र ललीत राजबंशीले समान १–१ विकेट लिएका थिए ।
नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल ६ र आसिप शेख ३ रनमा आउट भएपछि नेपाल माथि दवाव सिर्जना भएको थियो । नेपालका अलराउण्डर दिपेन्द्र सिंह ऐरी १७, सन्दिप जोरा ९, सोमपाल कामी ६ र नन्दन यादवले ९ रनको योगदान गरे ।

वेष्टइण्डिजका जेसन होल्डरले ४ ओभरमा मात्र २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यसै गरी, नविन बिडैसी ३ र कप्तान अकिल हुसेनले १ विकेट लिए ।
टि-२० आई सिरिजमा १–० को अग्रता लिएको नेपालले दोस्रो खेल सोमबार र अन्तिम खेल मंगलबार खेल्दैछ ।
तस्विर: CAN को फेसबुक पेज
प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार ९ : १७ बजे
प्रतिक्रिया