पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२७-भदौ, पाँचथर। जेनजीकाे आव्हानमा भएकाे आन्दाेलनमा शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

आन्दाेलनका दाैरान र त्यसपछि भएका झडप तथा भीड नियन्त्रणका क्रममा हालसम्म जम्मा ५१ जनाकाे मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।

प्रहरीले दिएकाे जानकारी अनुसार तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको हाे । काठमाडौं उपत्यका सहित अन्य जिल्लाहरुमा भएकाे आन्दाेलनका दाैरान प्रदर्शनकारी र सुरक्षाकर्मीहरुकाे तर्फवाट ति मारिएका हुन् ।

गत साेमबार भएकाे पहिलाे दिनकाे प्रदर्शनमा मृत्यु हुनेको संख्या २१ थियो । दाेस्राे दिन म‌गलबार र त्यसपछीका दिनहरुमा कारागारवाट कैदीबन्दीहरु फरार हुन थालेपछी सुरक्षाकर्मीले चलाएकाे कारबाहीमा ९ जना कैदी मात्रै मारिए थिए। यसै गरी, बाल सुधार गृहमा रहेका पाँच जना, प्रहरी तीन जना र बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले जनाएकाे छ ।

तस्विर: इ-कान्तिपुर

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : ५८ बजे