२४-भदौ, पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले पदवाट राजिनामा दिएका छन् ।
जेनजी समूहले गरेकाे आन्दोलनका कारण राजधानी सहित देशभरीको परिस्थिति असामान्य बनेपछि उनले राजिनामा दिएका हुन् । साे समूहले सोमबार गरेको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीको गोली प्रहारवाट ढेड दर्जन भन्दा वढि आन्दोलनकारीहरुको मृत्यू हुनुका साथै सैयौंको संख्यामा घाईते बनेका थिए ।

सो समूहले मंगलबार समेत देशव्यापी आन्दोलनलाई निरन्ततरता दिएको छ । राजधानी स्थित शिर्ष नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड सहितका घरहरुमा तोडफोड र आगजानी गरेका छन् । यसै गरी, सिंहदरबार र संसद भवन समेतमा समेत आगजानीको प्रयास गरेपछि परिस्थिति असामान्य बनेको थियो ।
ओलीलाई राजिनामा दिन नेता अन्य बौद्धिक वर्ग तथा सामाजिक अभिायन्ता सुझाव दिएका थिए । उनले नेपाली सेनाका प्रधानसेनापतिसँग समेत परामर्श गरेको बुझिएको छ ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार २ : ५० बजे
प्रतिक्रिया